काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेका छन्।

कुपन्डोलमा रहेको श्रेष्ठको निवासमा आज (बुधबार) ओली पुगेका हुन्। श्रेष्ठका बुबाको निधनमा ओलीले निवासमै पुगेर समवेदना व्यक्त गरे।

श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही १६ मंसिरमा ९५ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

भेटका क्रममा श्रेष्ठसँग पारिवारिक र समसामयिक राजनीतिक कुराकानी भएको बताइएको छ।

यसअघि हिजो (मंगलबार) मात्र प्रधानमन्त्री सुशीला कार्की पनि श्रेष्ठलाई भेट्न कुपन्डोल पुगेकी थिइन्।