काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ मंसिर २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

नवलपरासी। नवलपरासीको कावासोती र देवचुली नगरपालिकाका विभिन्न स्थानमा तोरी फुलेर पहेँलै देखिएको छ। जसले यहाँको वातावरण रमणीय बनाएको छ।

पहेँलपुर तोरीका फाँटमा तस्बिर खिच्ने‚ भिडियो बनाउन युवाहरु पनि आकर्षित बनेका छन्। यसरी खेतै पहेँलपुर बनेपछि चरनका लागि मौरीलाई पनि सहज भएको छ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा झन्डै १५ सय हेक्टरमा तोरी लगाइएको छ।

विशेषगरी गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानमा कृषकले तोरी खेती लगाउँदै आएका छन्।

हेरौँ नवलपरासीका विभिन्न स्थानमा फुलेर पहेँलपुर बनेका तोरीका फाँटका थप तस्बिर :