काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

महाधिवेशनमा प्रचार

२ पुष २०८२
तस्बिरहरु : ओलीको सचिवालय
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ।

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका प्रत्यासीद्वय अध्यक्ष केपी ओली र ईश्वर पोखरेलले मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरुले पनि आफ्ना उम्मेदवारलाई मत दिन थालेका हुन्।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन्। मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन्। महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन्।

मतदानपछि चर्चित गायिका ज्योति मगरसँगै भृकुटीमण्डपको चउरमा ओली मुस्कानसहित मतदातामाझ पलेँटी कसेर बसे। ज्योतिले ओलीका लागि मत मागिन्। ओली र ज्योति चउरमै थचक्क बसेर मुस्कानसहितको फोटो सेसन गरे। वरपर महाधिवेशन प्रतिनिधिलगायत कार्यकर्ताहरु झुम्मिए।

ओलीको सचिवालयले पनि चउरमा बसेका केही तस्बिरहरु सार्वजनिक गरेको छ। हेरौँ केपी ओली र ज्योति मगरका मुस्कानसहितका थप तस्बिर :