५ पुष २०८२
अ+
अ-

काठमाडौँ। ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनल उपाधिका लागि आज नेपालको लिग च्याम्पियन टोली एपीएफले भारतको लिग च्याम्पियन इस्ट बंगलासँग खेल्दैछ ।

फाइनल खेल आज शनिबार साँझ ५ः०० बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ।

यसअघि खेलिएका लिग चरणका खेलमा एपीएफ र इस्ट बङ्गाल दुवै अपराजित रहेका छन्।

इस्ट बङ्गालले ४ खेलमा ३ जित र एक बराबरी खेल्दै १० अंक हासिल गरेको थियो भने एपीएफले ४ खेलमा २ जित र बराबरी खेल्दै ८ अंक हासिल गरेको थियो। यस अघि लिग चरणमा भएको दुवैबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो।

यो साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण हो।