काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअघि दुई टोलीसँग ‘वार्म अप’ म्याच खेल्ने भएको छ। आईसीसीका अनुसार नेपालले आयरल्यान्ड र अमेरिकासँग खेल्ने पक्का भएको हो।
नेपालले पहिलो खेल १४ जनवरीमा आयरल्यान्डसँग खेल्नेछ। उक्त खेल तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ।
त्यसको दुई दिनपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीच खेल हुनेछ।