काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
अ+
अ-

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ।

नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिको काम सुरु भएको हो।

धुलिखेल-खावा सडकका सुपरभाइजर लोकहरि नेपालका अनुसार कात्तिक अन्तिमबाट काम सुरु भएकोमा अहिले धमाधम काम भइरहेको छ।

दैनिक सयभन्दा बढीले काम गरिरहेका छन्। १४ महिनाको ठेक्का समय रहेकोमा समयभन्दा अघि नै कालोपत्रे गरेर सक्ने लक्ष्य छ। उपकरण र सामानको अभाव छैन।

पहिले स्ट्रक्चरको काम सकेर पिच गर्न सुरु हुन्छ। स्थानीयको पनि सहयोग छ। लामो समयदेखि यो सडक प्रयोगकर्ताले सास्ती पाउँदै आएका थिए।