काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
रमेश लेखक। फाइल तस्बिर
अ+
अ-

ललितपुर। पूर्वगृहमन्त्री रमेश लेखकले २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगमा आफू बयान दिन जाने बताएका छन्।

सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही १४ पुसमा बयानका लागि आयोग जाने बताए।

“आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियो, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु‚” लेखकले भने।