काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी सहायक निरीक्षकबाट अवकाश भैसकेका चक्रदेव भट्टविरुद्ध शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा प्रयोजनका लागि भारतबाट ल्याएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारको दाबी छ। उनी २०५० सालमा प्रहरी जवानबाट सेवामा प्रवेश गरेका थिए।
उनले पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । उनले भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड दिल्लीबाट जारी भएको देखिएको छ।
उनले प्रहरी सहायक निरीक्षक पदसम्म पदोन्नति भई सरकारबाट निवृत्तभरणसहितको हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि भएको दाबीसहित विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको छ।