काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१२ पुष २०८२
अ+
अ-

काठमाडौं। तराई–मधेस द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडामा पुल निर्माण कार्य तीव्र रूपमा भइरहेको छ।

मकवानपुरगढी र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो तथा नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी पुल निर्माण भइरहेको छ।

पुल सम्पन्न भएपछि करिब ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१.५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ।

यस आयोजनामा ८९ वटा ठूला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना रहेकोमा हाल ३ सुरुङ र ५ पुल सम्पन्न भइसकेका छन्। द्रुतमार्गको समग्र भौतिक प्रगति हाल ३८ प्रतिशत रहेको छ।