१३ पुष २०८२
अ+
अ-

काठमाडौँ।  सुन्तलाका लागि पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर–२१, हर्राबोट क्षेत्रको घरघरमा लटरम्म सुन्तला फलेका छन्।

पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला विक्रि गर्ने चटारो चलिरहेको छ।

केही किसानले एकैपटक ठेक्का दिन्छन् त कसैले बजारमा लगेर विक्रि गर्छन्। उक्त क्षेत्रमा ३५०० देखि ४ हजार मेट्रिक्टन सुन्तला उत्पादन हुने गरेको पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

पोखरा महानगरमा ३ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ। पोखरामा १० करोड बराबरको सुन्तलाको कारोबार हुने गरेको महानगरको तथ्यांक छ।