काठमाडौँ
००:००:००
१३ पुष २०८२, आईतवार

१३ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख रुपैयाँ ठग्ने एक जनालाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका १‚ सुनसरी घर भई काठमाडौँको कीर्तिपुर बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्युजिल्यान्ड लैजाने भन्दै ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ उनलाई पक्राउ गरिएको आचार्यको भनाइ छ।

कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रवक्ता आचार्यले जानकारी दिए।