काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

१४ पुष २०८२
अ+
अ-

काठमाडौँ। न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ।

जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकामा मधेसीबाहेक कोटाबाट न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्समक्ष २० जना सिफारिस गरिएको हो।

आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार जिल्ला न्यायाधीशमा आन्तरिक खुलाबाट ११, खुलाबाट ६, महिला एक र आदिवासी जनजाति दुईजना छानिएका छन्। लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताका लागि २७ जना छनोट भएका थिए।