काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

१४ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। काठमाडौँको बाफलबाट सीएफ-९८ दुई थान पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १५‚ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकास शाही, लेटाङ ४‚ मोरङका २२ वर्षीय शाहिल तिवारी तथा काठमाडौँ महानगरपालिका १३‚ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, “नागार्जुन नगरपालिका ४‚ बाफलमा हतियार लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा हाम्रो टोलीले उक्त हतियारसहित तीन जनालाई पक्राउ गरेको हो।” पक्राउ परेकाहरुको साथबाट सीएफ ९८-९००००३३०८२३७ र सीएफ ९८-९०००१११०८२३६ नम्बरको सीएफ-९८ पेस्तोल, पेस्तोलको म्यागजिन तीन थान, गोली दुई थान तथा गोलीको खोका दुई थान बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।