काठमाडौँ
००:००:००
१६ पुष २०८२, बुधबार

१६ पुष २०८२
अ+
अ-

काठमाडौँ। हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले पर्साबाट तीनजना भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिहार बेतिया जिल्ला बैरिया थाना घर भएका ५० वर्षीय अनवर मियाँ, २२ वर्षीय महमद कैद अहमद र बिहार मोतिहारीका ४८ वर्षीय फूल महमद छन्।

उनीहरूलाई सोमबार प्रहरीले वीरगन्ज १०‚ मकालु चोकबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए। बीआर२२एच ६३३८ र लु.४१प ६८९७ नम्बरको मोटरसाइकलमा चढेका उनीहरूको साथबाट ६ लाख ७१ हजार ९५० रुपैयाँसमेत बरामद भएको पाठकले बताए।

उक्त रकमको स्रोत नखुलेको कारण हुन्डी कारोबारमा संलग्न रहेको पाठकको भनाइ छ। तीनै जनालाई प्रहरीले हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान थालेको छ।