काठमाडौँ। राप्रपा र राप्रपा नेपालबीच एकता भएको छ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार घोषणासभामार्फत एकता भएको हो। लिङ्देन र थापाबीच ९ पुसमा
एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर भएको थियो। बुधबार भने एकता घोषणा गरिएको हो।
महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले २५ माघ ०७८ मा राप्रपाबाट अलग भएको घोषणा गरेका थिए। थापाले ७ फागुन ०७८ मा राप्रपा नेपाल गठन गरेका थिए।
हेर्नुहोस् थप तस्बिर :

