१९ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ।ठगी तथा बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार झापा मेचीनगर नगरपालिका-२ घर भई हाल काठमाडौँ महानगरपालिका-१० बस्ने ४६ वर्षीय नवीन रिजाल पक्राउ परेका हुन्।

रिजाललाई काठमाडौँ महानगरपालिका-१० बाट शुक्रबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

रिजालविरूद्ध १८ वैशाख २०८२ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार पक्राउ पुर्जी जारी भएयता रिजाल फरार थिए।  रिजालविरूद्ध जिल्ला प्रहरी परिसर भद्रकालीमा २४ लाख ४ हजार रुपैयाँ बिगोको बैंकिङ कसुरको मुद्दा दर्ता रहेको छ। यस्तै,प्रहरी वृत्त गौशालामा ८ लाख र सिंहदरबार वृत्तमा ६ लाख बिगोको मुद्दा दर्ता रहेको आचार्यले बताए।  रिजालविरूद्ध वैदेशिक रोजगार विभागमा समेत मुद्दा छ।

वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिने भन्दै ठगी गरेको आरोपमा रिजालविरूद्ध सात वटा ठगीमा ५४ लाख ५४ हजार रुपैयाँ बिगोको मुद्दा दर्ता रहेको छ। प्रहरीले रिजालमाथि अनुसन्धान गर्न अहिले प्रहरी वृत्त सिंहरबार पठाएको छ। त्यहाँको मुद्दामा कारबाही चलेपछि अन्य निकायमा कारबाहीका लागि पठाउने तयारी छ।

वन क्षेत्रबाहेक जग्गाधनी प्रमाणपुर्जा भएका र नभएका सार्वजनिक सडक, सरकारी कार्यालय, समिति, संस्थान, विद्यालय, पानीका मुहान, धार्मिकस्थल तथा अन्य सार्वजनिक स्थानमा रहेका जोखिमपूर्ण रुख हटाउन वन कार्यालयले तीनदिने सार्वजनिक सूचना जारी गरेको छ ।

डिभिजनल वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार जग्गाधनी प्रमाणपुर्जा नभएका सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख तत्काल नहटाउँदा धनजनको क्षति हुनसक्ने देखिएमा वन नियमावली २०७९ को नियम ३६ बमोजिम हटाउन सकिने व्यवस्था छ ।

जग्गाधनी प्रमाणपुर्जा भएका सरकारी कार्यालय, समिति, संस्थान तथा अन्य कार्यालय परिसरभित्रका रुखका हकमा सम्बन्धित कार्यालयको अनुरोध र नियम ३६ को उपनियम ९१० बमोजिम समितिको सिफारिसका आधारमा डिभिजनल वन अधिकृतले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको निर्णयअनुसार हटाउन सक्ने प्रावधान रहेको उनले बताए।

“सोही कानुनी व्यवस्थाअनुसार जोखिमपूर्ण रुख हटाउन सूचना जारी गरेका हौँ”, उनले भने, “सूचना अनुसार निवेदन आउने क्रम जारी छ ।” निवेदन संकलनपछि वन अधिकृतसहितको टोलीले स्थलगत अनुगमन गरी रुख जोखिमपूर्ण भए–नभएको मूल्याङ्कन गर्ने र त्यसको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिमा पेस गरिने उनले जानकारी दिए। समितिको निर्णयअनुसार तत्काल हटाउनुपर्ने ठहर भएमा रुख हटाइने उनको भनाइ छ ।

शुक्लाफाँटा नगरपालिका–६ स्थित वन समिति कसरौलतर्फ जाने कालोपत्रे सडकको दायाँबायाँ तथा बीच भागमा रहेका केही जोखिमपूर्ण रुखका कारण यसअघि मानवीय क्षतिसमेत भएको छ । रुखको हाँगा खसेर लाग्दा एक जनाको ज्यान गएको र एकपटक विद्यालयका विद्यार्थी बोकेको बसमाथि रुख खस्दा बस क्षतिग्रस्त भए पनि विद्यार्थीको ज्यान जोगिएको वडाध्यक्ष दानसिंह ऐरले बताए ।