सन् २०२५ मा ४० हजार ४०० नेपाली विद्यार्थी र एक लाख २४ हजार ५५० नेपाली सर्वसाधारणले पाटन दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन् । प्रशासकीय प्रमुख लाखेका अनुसार नेपाली पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ । उनले भने, “देशको बदलिँदो परिस्थितिका कारण विदेशी पर्यटकको आगमनमा उतारचढाव देखिए पनि नेपाली पर्यटकको सङ्ख्या भने निरन्तर बढिरहेको छ ।
विदेशी पर्यटकको सङ्ख्या घट्नुको प्रमुख कारण जेनजी आन्दोलन र पाटन दरबार क्षेत्रका सडक सुधारका कार्यहरू रहेको प्रशासकीय प्रमुख लाखेले जानकारी दिए ।