काराकस। भेनेजुएलाले अमेरिकी आक्रमणबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएको छ।
भेनेजुएलाका विदेशमन्त्री इभान हिल पिन्टोले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने बताएका छन्।
भेनेजुएलाको छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
उनले मानिसहरूको सुरक्षा गर्न र भेनेजुएलाबाट मानिसहरूको अपेक्षित आगमनको लागि तयारी गर्न सीमामा सेना तैनाथ गर्न आदेश दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा भएको ठुलो आक्रमणपछि अमेरिकाले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई ‘कब्जा’ गरेको दाबी गरेका छन्।
भेनेजुएलाको सरकारले अमेरिकी आक्रमणको निन्दा गर्दै यसलाई ‘औपनिवेशिक युद्ध’ भनेको छ।