काठमाडौं । तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारीअन्तर्गत पुरातात्त्विक महत्वका जग्गा अधिग्रहणका लागि सरकारले मुआब्जा दर सार्वजनिक गरेको छ। सहायक पिच सडकसँग जोडिएका जग्गाको मुआब्जा प्रतिकठ्ठा १८ लाख १६ हजार ५०० रुपैयाँ र कृषियोग्य जग्गाको प्रतिकठ्ठा ८ लाख ७६ हजार ७५० रुपैयाँ तोकिएको छ।
गोबरी ८ क. र मलपारा ४ क. का विभिन्न कित्ता तथा सहायक पिच सडकले छोएका केही घरजग्गा अधिग्रहण सूचीमा परेका छन्। सम्बन्धित जग्गाधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित मितिले ३५ दिनभित्र मुआब्जा दाबी गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ।