काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
अ+
अ-

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन्।

जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा शनिबार आयोजित सन्देश सभामा उनले आफू पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका हुन्।

“हुनसक्छ म अहिलेको चुनाव रुकुमबाटै लड्छु‚ त्यो यही रुकुम भन्ने नठान्नुहोला‚’ उनले भने‚ ‘पूर्वी रुकुम आउने करिब निश्चित भएको छ‚ म पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुम पनि आउनु हो।”

यो पनि…

भाग्दाभाग्दै रुकुमपूर्व पुग्दै छन् दाहाल

उनले आफू र माधवकुमार नेपाल नेतृत्वमा देशभरबाट भएको वाम घटकबीचको एकताले देशमा उत्साह छाएको दाबी पनि गरे।

दाहालको पार्टी एकीकरणको विपक्षमा रहेर छुट्टै पार्टी खोलेका नेता शर्मालाई इंगित गर्दै उनले भने‚ ‘कतिपय फटाहहरुले बिचौलियालाई देखाए नेकपाप्रति गलत सन्देश पैदा गर्न खोजिरहेको छन्, तिनका पछाडि सम्राज्यवादी तत्त्वको हात छ।”