काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

खिचिक्क

२७ पुष २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारबाट भृकुटीमण्डपमा हुँदै छ। महाधिवेशनको उद्घाटनसत्र केही बेरमा सुरु हुनेछ।

महाधिवेशनअन्तर्गत भोलि बन्दसत्र हुने छ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेपछि विशेष महाधिवेशन बोलाइएको हो। नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले महामन्त्री थापालगायतका नेता पुगिसकेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायत भने सहभागी छैनन्।

हेर्नुहोस् महाधिवेशनस्थलको ड्रोन भ्यु :