काठमाडौँ। नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सह-महामन्त्री फर्मुल्लाह मन्सुरलाई कारबाही गरेपछि विशेष महाधिवेशनस्थलमा नाराबाजी सुरु भएको छ।
सभापति शेरबहादुर देउवाविरुद्ध विशेष महाधिवेशनस्थलमा प्रदर्शन भइरहेको हो।
बुधबार बसेको केन्द्रीय समिति बैठकले पाँच वर्षसम्म पार्टी सदस्यता नरहने गरी महामन्त्री थापा, शर्मा र सह-महामन्त्री मन्सुरलाई निष्काशन गर्ने निर्णय गरेको थियो।
