खिचिक्क
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसेको छ।
दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बसेको हो।
केन्द्रीय समिति बैठकअघि नवनिर्वाचित सभापति थापाले पार्टीलाई आगामी दिनमा एकढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाए। सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्तता बिर्सेर पार्टीलाई आगामी दिनमा एकढिक्का बनाएर अगाडि बढ्ने उनको भनाइ छ।
निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनको जोड थियो। “पार्टीभित्रका अग्रज नेतालाई सँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ। पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेका छौँ‚” उनले भने‚ “एक-दुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ।”

उनले २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिएसँगै समयको चाप रहेको भन्दै सबैलाई साथमा लिएर पार्टीलाई आगाडि बढाउने दृढता व्यक्त गरेका छन्।
बैठकमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई मालाले स्वागत गरिएको थियो। सबैका गलामा माला थिएँ।
सभापति गगनकुमार थापाको गलामा दुबो र गुलाफको माला थियो। उपसभापति विश्वप्रकाश शर्माको गलामा पनि गुलाफ‚ सयपत्रीलगायत फूलको माला छ। शर्माले त अझ कांग्रेसको चुनावचिह्न रुख अंकित ढाकाटोपी लगाएका थिए।

मालामा सभापति थापालगायत केन्द्रीय सदस्यहरू आकर्षक देखिएका छन्।
हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
