काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
अ+
अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज अपराह्न मनोनयन दर्ता गराएको उनको स्वकीय सचिव रेखी गुरुङले जानकारी दिए ।

भट्टराईको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा जेनजी अगुवा रिजन राना मगर रहेको छ । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग नलिएका भट्टराई संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७४ को आमनिर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट विजयी भएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी गोरखा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएको थियो ।