काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

७ माघ २०८२
डा. संगीता कौशल मिश्रा
अ+
अ-

काठमाडौं। विशेष अदालतले पूर्व सचिव डा. संगीता कौशल मिश्रालाई भ्रष्टाचार मुद्दामा ५ लाख रुपैयाँ धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको छ।

न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ, विदुर कोइरालाको इजलासले पदीय जिम्मेवारी र भूमिकालाई मध्यनजर गर्दै बुधबार पुर्पक्षका लागि धरौटी माग गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्राविरुद्ध १४ करोड ६ लाख ८५ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जेन जीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रासहित १५ जनालाई भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । मिश्रासहितलाई अख्तियारले थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।