काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १० हजार चार सय रुपैयाँले बढेर दुई लाख ९५ हजार एक सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।