मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन सरोकारवालालाई आग्रह गरेको छ ।
यहाँस्थित जिल्लाका पाँचवटै स्थानीय तहमा व्यक्तिगत सुरक्षा प्रयोजनका लागि प्रशासनसँग अनुमति लिएर राखिएका हातहतियार तथा खरखजना बुझाउन जिल्ला प्रशासनले आग्रह गरेको हो ।
फागुनदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्सनीय वातावरणमा सम्पन्न गर्न मुस्ताङ जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजना यही माघ १५ भित्र जिल्ला प्रहरी कार्यालय तथा नजिकको प्रहरी इकाई समक्ष बुझाउन प्रशासनले सूचित गराएको छ ।
निर्वाचन सुरक्षा प्रयोजनार्थ बुझाइएका हातहतियार निर्वाचनका सम्पूर्ण काम सकिएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।