काठमाडौँ
००:००:००
८ माघ २०८२, बिहीबार

८ माघ २०८२
अ+
अ-

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा बुधबार चेक रिपब्लिकको साल्भिया प्रागविरुद्ध ४–२ को जित दार्ता गरेको छ।

खेलको १०औेँ मिनेटमा कुशेजको गोलमार्फत प्रागले अग्रता लिएको थियो। लोपेजले ३४ र ४२औँ मिनेटमा गोल गर्दा बार्सिलोना २–१ ले अगाडि बढ्यो।

पहिलो हाफको अन्तिम मिनेटमा बार्सिलोनाका फरवार्ड लेवान्डोवस्कीबाट आत्मघाती गोल हुन पुग्दा खेल २–२ को स्थितीमा आयो। ६३औँ मिनेटमा आृेल्मोले बार्सिलोनाका लागि तेस्रो गोल गरे।

लेवान्डोवस्कीले ७०औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए।

जितपछि ७ खेलमा १३ अंक जोडेको बार्सिलोना नवौं स्थानमा उक्लिएको । स्लाभिया प्राहा ३ अंकसहित ३४औं स्थानमा छ।