इलाम। इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो।
देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए। गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटामा मृत्यु भएको हो।