सुर्खेत। कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेका छ।
शुक्रबार बसेको मन्त्रिपरिषदको वैठकले १८ गते दिउँसो १ बजे प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाइ सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए।
प्रदेश सभाको दोस्रो कार्यकालको छैठौ अर्थान् वर्खे अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो।
जेनजी आन्दोलनका क्रममा कर्णाली प्रदेश सभाको हल पूर्णरुपमा जलेर नष्ट भएको छ। यसको मर्मत कार्य सुरु भएको छैन।
वैठक बस्नका लागि अस्थायी रुपमा हल तयार गरिएको छ।