तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चुनावी अभियानलाई निरन्तरता दिँदै तेह्रथुमको धार्मिक स्थल म्याङलुङ देवीमा पूजा अर्चना गरेका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार शाह शनिबार बिहानै म्याङलुङ पुगेका हुन्। देवीको दर्शनसँगै उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनचासो र अपेक्षाबारे छलफल गरेका थिए।
उक्त अवसरमा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्की पनि शाहसँगै सहभागी थिए। धार्मिक आस्थासँगै जनसम्पर्कलाई प्राथमिकता दिँदै अघि बढिरहेका शाह अहिले पूर्वी नेपाल केन्द्रित चुनावी भ्रमणमा सक्रिय छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै शाहले विभिन्न जिल्लामा भेटघाट, संवाद र अन्तरक्रिया गरिरहेका छन्।