आईसीसी महिला टी-ट्वेन्टी विश्वकप ग्लोबल छनोट
काठमाडौँ। पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो।
जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन्। उनले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएकी हुन्।
कप्तान इन्दु बर्माले २२‚ विन्दु रावलले १५ तथा सीता रानामगरले ११ रनको योगदान गरेका थिए।
प्रतियोगितामा जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक-एक विकेट लिएका थिए।