काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
अ+
अ-

काठमाडौँ। देशमै पहिलोपल्ट आयोजित चेस पजल सोल्भिङ कन्टेस्ट आइतबार सम्पन्न भएको छ। हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरे।

एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लूएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निकै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ मा कसैले नाम दर्ता गरेन। कम अनुभवीको क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीको क्याटगोरी ३ मा चार घण्टा बसेर डब्लूएफसीसीले पठाएका पजल सोल्भ गरेका थिए। क्याटगोरी २ मा १२ र क्याटगोरी ३ मा ६ वटा पजल सोल्भ गर्न दिइएको थियो।

क्याटगोरी २ मा ११ र क्याटगोरी ३ मा १० खेलाडीले पजल सोल्भ गरे। ६ देखि २४ वर्ष उमेरका उनीहरू ११ वटा स्कुल र कलेजबाट सहभागी भएका हुन्। क्याटगोरी २ का पजल सोल्भरले डब्लूएफसीसीको रेटिङ पाउनेछन्। एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार सोल्भ गरेको पेपर पठाएपछि डब्लूएफसीसीले जाँच गरेपछि यही साता नतिजा सार्वजनिक गरिनेछ।