काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
अ+
अ-

काठमाडौँ। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आर्मी सशस्त्र प्रहरी बल एपीएफसँग ३-० को सोझो सेटमा पराजित भयो। आर्मी पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो। अब आर्मीले अन्तिम खेल भोलि (मंगलबार) थाइल्यान्ड क्विन्ससँग प्रतिस्पर्धा गर्नेछ।

सोमबार बिहान भएको खेलमा आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५-११, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता गर्‍यो। पहिलो खेलमा थाइल्यान्ड क्विन्सलाई पाँचौँ सेटमा हराएको एपीएफ दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो।

आजको दोस्रो खेल पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएसनबीच हुनेछ। त्यसपछि आजको अन्तिम खेलमा गण्डकी प्रदेश र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा १७ माघसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ पाँच टोली सहभागी छन्। सिंगल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्नेछन्।