काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

१३ माघ २०८२
अ+
अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनको युनान प्रान्तीय युवा टोलीविरुद्ध मैत्रीपूर्ण खेलका लागि आज २३ सदस्यीय नेपाली राष्ट्रिय यू-ट्वेन्टी महिला टोली घोषणा गरेको छ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा १७ माघमा मैत्रीपूर्ण खेल हुन लागेको हो। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

टोलीमा अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला जोशी र मीना देउवा छन्।

यसैगरी सजिना स्याङ्तान, समीक्षा मगर, संगीता अधिकारी, सानिमामाया लो, सरिताकुमारी नाथ, सेमिहाङ लिम्बू, सिमरन राई, सुजाता तामाङ, पुनम चेमजोङ, पूर्णिमा राई र शुक्रिया मिया टोलीमा छन्। टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन्।