काठमाडौँ। काठमाडौँको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
नागार्जुन नगरपालिका ६ स्थित फस्कु चोकमा गएराति बा.प्र. ०२-०२-००३ प ६७१६ नम्बरको मोटरसाइकल र बा.प्र. ०२-०५४ प ०५५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बा.प्र. ०२-०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक भीमढुंगाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो।
दुर्घटनामा सख्त घाइते भएका तामाङको उपचारका क्रममा आज (बुधबार) बिहान मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ। बा.प्र. ०२-०२-००३ प ६७१६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।