काठमाडौँ
००:००:००
१५ माघ २०८२, बिहीबार

१५ माघ २०८२
माधवकुमार नेपाल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। छातीमा समस्या देखिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार भइरहेको छ।

रुघाखोकी र ज्वरोसँगै स्वास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको छातीमा समस्या देखिएको छ।