काठमाडौँ। काठमाडौँको मुलपानीमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न समूहलाई पक्राउ गरेको छ। यसक्रममा एक जना व्यक्तिलाई गोली लागेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बुधबार राति सवा १२ बजे मुलपानीमा गोली चलाइएको हो। यसक्रममा १० जना व्यक्ति पक्राउ परेको भट्टराईले बताए।
“लुटपाटमा संलग्न व्यक्ति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाइएको हो,” भट्टराईले भने। खुट्टामा गोली लागेका ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
लुटपाटबारे प्रहरीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ।