काठमाडौँ
००:००:००
१६ माघ २०८२, शुक्रबार

१६ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

चितवन ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्। दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस आज बिहान करिब ३:१० बजे ‘घुमाउने’ भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनापछि प्रहरीले उद्धार कार्य गरी घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाएको छ। मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते मध्ये १० जनाको अवस्था माध्यम र २८ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।