काठमाडौँ
००:००:००
१६ माघ २०८२, शुक्रबार

१६ माघ २०८२
अ+
अ-

 काठमाडौँ । गोरखापत्र संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

संस्थानले आज एक सूचना जारी गर्दै लोक सेवा आयोगबाट आ.व. ०६२/७३ को स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम प्राप्त सहमति अनुसार संस्थानमा रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

संस्थानले नायव कार्यकारी सम्पादक, समाचारदाता, फोटोग्राफी, प्रशासन अधिकृत, सामान्य प्रशासन अधिकृत लगायतका ६४ पदहरूमा दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्नेछन् ।