काठमाडौँ। नेपालले भुटानविरुद्ध खेल्दै साफ यू-ट्वेन्टी च्याम्पियनसिप सुरु गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) का अनुसार प्रतियोगिता मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्सको मालेमा सञ्चालन हुनेछ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल २३ मार्चमा भुटानसँग खेल्नेछ। नेपाल रहेको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका छन्।
नेपालले दोस्रो खेल २५ मार्चमा श्रीलंकासँग तथा तेस्रो खेल २७ मार्चमा आयोजक माल्दिभ्ससँग खेल्नेछ।
अर्को समूहमा साबिक विजेता भारतसँगै उपविजेता बंगलादेश तथा र पाकिस्तान छन्।