काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। महाशिवरात्रिको नजिकिएसँगै छिमेकी मुलुक भारत संगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौं आउन थालेका छन्।

सोही अवसरमा आज नागा बाबाहरु जन्तीसहित काठमाडौँ आएर पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन्। जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्।

महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पति सुचिमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरु आउने गर्छन्।

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्त जनहरुको संख्या वृद्धि भएको छ। पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा लागि व्यावस्थापनलाई तिव्रता दिएको छ।