काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्।

आज समूह ‘बी’, ‘डी’ र ‘ए’का तीन खेल हुन लागेका हुन्।

पहिलो खेलमा समूह ‘बी’को अस्ट्रेलिया र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेलमा विजयी भएका दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन्। यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ।

दोस्रो खेल क्यानडा र युएई बिच हुनेछ। भारतको दिल्लीमा हुने यो खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ। समूह डी मा रहेका यी दुबै टिमले एक एक खेल खेलिसकेका छन् तर जित्न सकेका छैनन्।

तेस्रो खेल नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’का यी दुई देशको खेल साँझ ७ बजेर १५ मिनेटमा चेन्नईमा सुरु हुँदैछ। नेदरल्यान्डले दुई खेल खेल्दा एउटा जित र एक हारको सामना गरेको छ भने अमेरिका जितबिहीन छ।