काठमाडौँ। नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई २० हजार जरिवाना गरेको छ।
स्थलगत अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्वरी ट्रेड लिङ्क प्रालि कसलेश्वरलाई जरिवाना गरेको हो।
विभागले नियमित रूपमा पछिल्ला दिनमा खानका पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय तथा पसलको अनुगमन गरिरहेको छ। यसैक्रममा विभागले अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।
स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।