काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

खिचिक्क

३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। महाशिवरात्रि पर्व देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रिलाई भगवान् भगवान् शिवको प्रिय दिनका रूपमा लिने गरिन्छ। पुराणअनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ।

यस दिनलाई विशेषगरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ। आज महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न साधुसन्तहरूको चहलपहल बढेको छ। मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बसेका छन्। पशुपतिनाथको दर्शनका लागि भक्तजनहरु बिहानैदेखि लाइन लगेका छन्।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका पशुपति क्षेत्रको ड्रोन भ्यु।