काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ।   आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार ३ खेल हुने भएका छन्।

पहिलो खेल नेपाल र वेस्ट इन्डिजबीच रहेको छ। भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

समूह सी मा रहेको नेपाल पहिलो जितको खोजीमा रहने छ। नेपालले यसअघि इङल्यान्डसँग ४ रन र  इटालीसँग १० विकेटले हारेर अंक विहीन छ ।

दोस्रो खेल समूह ‘ए’ कै अमेरिका र नामिबिया बिच हुनेछ। भारतको चेन्नाईमा हुने यो खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ। सुपर ८ मा पुग्न अमेरिकाको सम्भावना रहेकाले उसले निकै मिहिनेतका साथ खेल खेल्ने अपेक्षा गरिएको छ।

तेस्रो खेल भने भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा रहेको छ। समूह ‘ए’ कै यो खेल पाकिस्तानको बहिस्कार गर्ने निर्णयपछि विवादमा परेको थियो। तर अन्तर्राष्ट्रिय काउन्सिलले पाकिस्तानी क्रिकेट बोर्डसँग छलफल गरेपछि यो खेल तय भएको थियो। सवा ७ बजे भारत-पाकिस्तानबीचको खेल श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा खेल हुनेछ।

यो खेल कोलम्बोमा हुनेछ । यो समूहमा भारत र पाकिस्तान दुवैले आफ्ना सुरुआती दुई खेल जितेर समान चार चार अंकमा शीर्षमा रहेका छन् । अमेरिकाको दुई अंक छ भने नामिबिया शून्य अंकमा छ ।