काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

५ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्यान्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पाएको छ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको हो।

स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे। उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान दिए।

त्यस्तै जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलेनले २५ रन जोडे। बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए।

त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एक/एक विकेट झारे। नेपाल अहिले जवाफी ब्याटिङमा छ।