काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउने घोषणा गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले अर्थतन्त्र सुधारका लागि आगामी समयलाई आर्थिक पुनरुत्थानको दशक बनाउने बताए। उनले निजी क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक पहल गर्नुपर्ने र राज्यले आफैं उद्यमशील सोच राख्नुपर्ने बताए। उनले भने, “नेपाल प्रो-प्राइभेट सेक्टर पार्टी हो।”

सभापति थापाले करका दरहरू १०-१५ वर्षसम्म स्थिर राख्न पहल गरिने बताए। उनले नीति र योजनामा निजी क्षेत्रले गल्ती गरे दण्डित गरिनुपर्छ भन्ने सोचलाई राज्यको दृष्टिकोणले परिवर्तन गर्नुपर्ने बताए। उनले भने, “सरकार बनेको तीन-६ महिनाभित्र कुन-कुन कानुन बदल्ने भन्ने विषय घोषणापत्रमा लेखेका छौँ।”

कांग्रेसले जनताको भान्सालाई सस्तो बनाउन पनि तयारी गरेको उनले बताए। सभापति थापाले अबको पाँच वर्षभित्र नेपाललाई दक्षिण एसियामा लगानीयोग्य देश बनाउने लक्ष्य रहेको दाबी गरे। काठमाडौंमा बिहीबार आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापति थापाले भने, “यो कसैले बोलेर हुने कुरा होइन, यसका लागि नेपालले कर दरमा ठुलो परिवर्तन गर्नुपर्छ।”

नागरिकको स्वास्थ्योपचार नि:शुल्क बनाउँछौँ : सभापति थापा

यस्तै उनले नेपाललाई भ्रष्टाचारमुक्त बनाउन सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेमा २० वर्षपछि पनि सजाय हुने मान्यता स्थापित गर्नुपर्ने बताए। भ्रष्टाचारसम्बन्धी कानुन बनाउन आफूहरूले ‘प्रोजेक्ट गभर्मेन्ट’ अन्तर्गत करिब सात वर्षदेखि काम गरिरहेको भन्दै उनले अख्तियारसम्बन्धी कानुन र नीतिगत भ्रष्टाचार हेर्ने कानुनलाई ६ महिनाभित्र बनाउने, कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कानुनलाई ६ महिनाभित्र बनाउने तथा तोकिएको अधिकारीले तोकिएको समयभित्र काम नगर्नुलाई पनि भ्रष्टाचार मान्ने कानुन बनाएर कार्यान्वयन गर्ने घोषणा गरे ।

“तपाईंको पार्टीका हिजो प्रधानमन्त्री हुनुभएका नेताहरू, मन्त्री हुनुभएका नेताहरू वा तपाईंहरू आफैंले सम्हाल्नुभएको प्रत्येक पदमा भ्रष्टाचार गरेको खण्डमा नेपाली कांग्रेस पार्टीले आयोगको निर्णयलाई कार्यान्वयन गर्छ। यसमा नेता वा नाता हेर्दैन र आयोगका सिफारिसका आधारमै कार्यान्वयन हुन्छ,” सभापति थापाले भने।

यो पनि…

कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने