काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

१० फाल्गुन २०८२
अ+
अ-

म्युनिख। जर्मन बुन्डेसलिगामा कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शन जारी रहँदा बायर्न म्युनिखले आइनट्राख्ट फ्राङ्कफर्टमाथि रोमाञ्चक जित हात पारेको छ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले आइन्ट्राक्ट फ्रान्कफर्टलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

एलियान्ज रंगशालामा घरेलुु टोली बायर्नलाई जित दिलाउन केनले २ तथा एलेक्जेन्डर पाव्लोभिचले १ गोल गरे । फ्रान्कफर्टका लागि जोनाथन बर्कार्ड्ट र अर्नाउड कालिमुएन्डोले १–१ गोल फर्काए ।

खेलको १६औँ मिनेटमा पाव्लोभिचको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ४ मिनेटपछि नै केनले टोलीको अग्रता दोब्बर बनाए ।

केनले ६८औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। ७७औँ मिनेटमा बर्काडर््टले पेनाल्टीमार्फत गोल गर्दा खेल ३–१ को स्थितीमा आयो।

यो जितपछि बायर्न म्युनिखको २३ खेलमा ६० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै आइन्ट्राक्ट फ्रान्कफर्टको २३ खेलमा ३१ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ।