काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ।

२७ फेब्रुअरीदेखि २ मार्चसम्म हुने प्रतियोगितामा चार पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्नेछन्। महिला ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्नेछिन्। प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका ब्रान्च चिफसमेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।